अछाममा एमाले र माओवादिका नेता र कार्यकर्ता सहित ७१ जना नेपाली कांग्रेसमा प्रवेश

सुशिल कुँवर/

अछाम,कार्तिक,२८-

निर्वाचनको मिति नजिकिदै गर्दा चुनावमा बाम गठबन्धन गराएर निर्वाचन लडेका दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीका ठुला नेता सांसद देखि कार्यकर्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश हुने क्रम देशभरी भैरहदा अछामको क्षेत्र नं. १ मा पर्ने चोरपाटगाउँपालिका वार्ड नं. ४ ( साविक पायल गा.बि.स ) का करिव ७१ जना नेता तथा कार्याकर्ताले ले नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रेवश गरेका छ्न।

प्रवेश हुनेमा नेकपा एमाले क्षेत्र नं. १ का उपाध्यक्ष दिपक ब. कुंवर , नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य हर्क कुंवर , पुर्व एमाले वार्ड अध्यक्ष लोक ब. कुंवर लगाएता नेता सहित कार्यकर्ता प्रवेश भएको बिहानी अन्लाईनलाई जानकारी प्राप्त भएको छ।

नेपाली कांग्रेस चुनावी प्रचार प्रसार अभियान आज उक्त गाउँपालिकामा भएको थियो कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् पुर्व सांसद बद्री प्रसाद पाण्डे रहनु भएको थियो ,भने सङगै उक्त क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार भरत कुमार स्वार र प्रदेश सभाका उम्मेदवार मेघराज खड्का को उपस्तिथि रहेको थियो भने नव प्रवेशिलाई प्रमुख अथितीले सदस्यता प्रधान गर्दै स्वागत गर्नुभएको बिहानी अन्लाईनलाई जानकारी प्राप्त भएको छ ।