ओखलढुंगामा मानब अधिकारको बिश्वव्यापी आबधिक समिक्षा कार्यक्रम सम्पन्न

मानव अधिकार हननका घटना बढेको प्रबक्ता अन्सारीको भनाई

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक,२८-
ओखलढुंगामा मानब अधिकारको बिश्वव्यापी आबधिक समिक्षा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । आज राष्ट्रीय मानव अधिकार आयोग र बालबालीका शान्ति क्षेत्र राष्ट्रीय अभियानको सहकार्यमा ओखलढुंगामा आयोजित मानव अधिकारको बिश्वब्यापी आवधिक समिक्षा सम्बन्धि छलफल भएको हो ।

कार्यक्रमा राष्ट्रीय मानव अधिकार आयोगका सदस्य प्रबक्ता मोहना अन्सारीले प्रशासनिक निकायहरु कमजोर भएको कारण मानव अधिकार हननका घटनाहरु बढिरहको बताउनु भयो । 

अन्सारीले हरेक व्यक्तिको अधिकारको सम्बद्र्धन गर्नको लागि राज्यको महत्वपुर्ण भुमिका भए पनि राज्यका प्रतिनिधित्व गर्ने निकाय हरु कमजोर भएको कारण मानव अधिकार हननका घटनाहरु अझै पनि भइरहेको बताउनु भएको छ । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले मानव अधिकारका घटना खोज्नु भन्दा पनि न्युनिकरणका उपायहरु खोज्न अति आवश्यक भएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पन्तले बिभिन्न क्षेत्रमा मानव अधिकार हनन्का घटनाहरु बृद्धी भइरको अवस्था भए पनि त्यसलाइ न्युनिकरण गर्नको लागि प्रयासहरु न्युन भएको बताउनु भएको छ । कार्यक्रमकै अवसरमा सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले स्थानिय निकायले पनि मानब अधिकारसंग सम्बन्धीत बिषयहरुलाई उजागर गरेको बताउनुभयो ।

उहाँले मनब अधिकार हन्नका घटनाहरुलाई पहिचार गरि यसको न्युनिकरण तर्फ सबै लाग्नु पर्नेमा समेत जोड दिनुभयो । छलफल कार्यक्रमा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारी हरुले मानव अधिकार हनन्का घटनाहरु न्युन गर्नको लागि आफ्ना सुझाव हरु दीएका छन् ।