बर्दियाको मधुवन ९ मा बृक्षारोपण कार्यक्रम सम्पन्न

फाईल तस्विर ! !

बर्दिया,अषाढ,१४-बर्दियाको मधुवन ९ मा आज मंगलबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।स्थानिय बुद्दिजिबी विद्यार्थी अभिभावक जनप्रतिनिधि शिक्षक कर्मचारी गरि सय जना बढिको सहभागितामा श्री नेपाल राष्ट्रिय मा बि पुर्णपुर प्राबिधिक शाखाले बिद्यालयको खाली जमिनमा बृक्षारोपण गरेको हो ।

अषाढ १४ गते राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक थिर बहादुर वलिले बिरुवा रोप्ने मात्रै नभैइ यसलाई बचाउनु महत्वपुर्ण रहेको र अझ वन विज्ञान पढ्ने विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाईमा समेत मद्दत गर्ने भएकोले कार्यक्रम आयोजना गरिएको र यस्ता दिवसहरुले सृजनात्मक कार्य गर्न उत्प्रेरणा जगाउने बताउनुभयो ।

उक्त कार्यक्रम बिद्यालयका शिक्षक अभिभावक संघ समितीका संयोजक ठाकुरप्रसाद डाङ्गीको अध्यक्षतामा औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको थियो।विशिष्ठ अथितिको रुपमा मधुवन वडा न ९ का वडाअध्यक्ष हर्क बहादुर बस्नेत, प्रमुख अतिथिको रुपमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जित बहादुर डि सी हुनुहुन्थ्यो ।

विद्यालयको(आगन)परिसरमा अशोकको बिरुवाहरु रोपेर वृक्षारोपण कार्यक्रम सुरु गरिएको थियो।वृक्षारोपणमा विभिन्न सजावट तथा फलफुलका बिरुवा गरि १५ बढी जातका १०० भन्दा बढी नयाँ बिरुवा रोप्दै,पुराना ५० भन्दा बढी विरुवाहरुलाई गोढ्मेल गरिएको थियो ।

यसैविच:अहिले उक्त बिद्यालयमा प्राबिधिक शिक्षा(TECS) कार्यक्रम अन्तर्गत ३ बर्षे डिप्लोमा इन फरेष्ट्री बिषय पढाइ हुँदै आएको विद्यालयले जनाएको छ ।