परराष्ट्रका कर्मचारीले अब नेपाली र अंग्रेजीबाहेक अर्को भाषा अनिवार्य सिक्नुपर्ने

काठमाण्डौ,कार्त्तीक,१६-

आफ्ना कर्मचारीलाई परराष्ट्र मन्त्रालयले विभिन्न भाषाको प्रशिक्षण सुरु गरेको छ। मन्त्रालयले अधिकृत र नायब सुब्बा तहका कर्मचारीलाई आइतबारदेखि अरबी, सोमबारदेखि फ्रेन्च तथा मंगलबारदेखि चिनियाँ भाषासमेत प्रशिक्षण सुरु भएको हो। परराष्ट्रले आफ्ना कर्मचारीलाई नेपाली र अंग्रेजीबाहेक अर्को एउटा भाषा अनिवार्य सिक्नुपर्ने नियम ल्याएको छ।

पहिलो चरणमा तीन भाषालाई महत्त्व दिइएको हो।अरबीमा २७ र फ्रेन्चमा २३, चिनियाँमा २७ कर्मचारी प्रशिक्षणमा सहभागी छन् सहभागी भएको मन्त्रालयले जनाएको छ।

नायब सुब्बा र अधिकृतहरूले परराष्ट्र सेवा प्रवेश गरेपछि १ सय ३५ घण्टाको यो भाषा प्रशिक्षण अनिवार्य लिनुपर्नेछ। मन्त्रालयका अुनसार अरबी भाषा नारायणहिटीस्थित राहदानी विभागमा चार बजेपछि पढाइ भइरहेको छ। फ्रेन्च र चिनियाँ भाषाको प्रशिक्षण सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयका दुई फरक हलमा दिने व्यवस्था मिलाइएको छ।