अतिरिक्त क्रियाकलाप अन्तर्गत नेपालगन्ज मल्टिपल क्याम्पसमा हाजिरी जवाफ सम्पन्न

नेपालगन्ज,चैत्र,१५-
नेपालगन्ज क्षेत्रकै प्रतिष्ठित एवं शैक्षिक अभियानमा लामो समय देखि क्रियाशिल आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस( एन एम सि)मा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

एनएमसी तथा आदर्श माविका चिफ डाइरेक्टर ईश्वर पोखरेलको  अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख अतिथी एनएमसीका क्याम्पस चिफ थानेश्वर पाण्डे रहनु भएको थियो।

त्यस्तै विशिष्ट अतिथिमा लामो समय शिक्षण पेसामा अमुल्य योगदान दिनुभएका आदर्श तथा एनएमसिका शिक्षक मनित शर्मा रहनु भएको थियो। अतिथिहरुमा आदर्शका प्राचार्य बिरभान केसी,शिक्षक दुर्गा प्रसाद घिमिरे, मधुसूदन अधिकारी, रवि भण्डारी, भानु रेग्मी ,बिष्णु गिरी, भरत बिष्ट,रबिन्द्र रेग्मी, निर्प रावल , महेश्वर जोसी,हर्मेश कुमर सोनि लगायत सम्पुर्ण शिक्षक शिक्षिकाहरु रहनु भएको थियो।

नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)का सहायक क्याम्पस प्रमुख थमन केसीले सन्चालन गर्नु भएको उक्त कार्यक्रम करिव १ घण्टा सम्म सन्चालन भएको थियो।

यस भन्दा अगाडि मङ्सिर महिनामा बिबिएस प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई ६ समुहमा बिभाजन गरि प्रथम राउन्डको प्रतियोगितामा सम्पन्न गरिएको थियो।

यस पटक भने प्रथम राउन्डका समुह सहित बिबिएस प्रथम,दोस्रो र तेस्रो वर्षका बिद्यार्थीहरुबाट ६ समुहको सहभागिता रहेको थियो।

निकै उत्साहको साथ सम्पन्न उक्त प्रतियोगितामा सहभागी समूह मध्ये बिबिएस प्रथम वर्ष अन्तर्गत इङलिस मिडियमको सेक्सन ए प्रथम, बिबिएस दोस्रो वर्षको नेपाली मिडियम द्वितीय र बिबिएस प्रथम वर्षकै इङलिस मिडियम अन्तर्गत सेक्सन सी तृतीय भएको थियो।

प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहलाई चिफ डाइरेक्टर इश्वर पोखरेल, क्याम्पस चिफ थानेश्वर पाण्डे लगायतद्वारा आकर्षक पुरस्कार अन्तर्गत चर्चित महान व्यक्तिको जिवनी बारे चर्चित लेखकहरुद्वारा लेखिएका किताबहरु प्रदान गरिएको थियो।

बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभएर अन्य अतिरिक्त ज्ञान पनि आवश्यक पर्ने भएकोले पुरस्कार स्वरुप किताबहरु दिइएको क्याम्पस प्रमुख पाण्डेले जानकारी दिनु भयो।

यस भन्दा अगाडि एनएमसिले थुप्रै सामाजिक कार्य लगायत नियमित अतिरिक क्रियाकलाप गरिसकेको र आगामी हप्ता पनि अर्को फरक खालको क्रियाकलाप गर्ने पनि क्याम्पस प्रमुख पाण्डेले बताउनु भयो।