मोटरसाइकलको ठक्करबाट पागल चौराहमा एक बालक गम्भीर घाइते

गोपाल जंग थापा/
टीकापुर,कार्तीक,५-

कैलालीको जानकी गाउपालिका वडा नम्बर ३ स्थित पागल चौराहमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन ।

ईलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार से २ प १७६३ नम्बरको मोटरसाइकलले आज दिउसो १०:१५ बजे ठक्कर दिदा जानकी गाउपालिका वडा नम्बर ३ लायकपुर शीविरमा बस्ने मनोज रावतका १० वर्षिय छोरा टीपल रावत घाइते भएका हुन् ।

टीपलको टाउकोमा गम्भीर चोट लागेको छ भने उनलाई उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकल जानकी गाउपालिका वडा नम्बर ९ पूर्र्व खैरीफाटा बस्ने २७ वर्षका अमर रानालाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।