डोटी,ईखडा,असार,२५-डोटीको ईखडा गाँउ लगायत विभिन्न पहाडी भेगमा यतिबेला चिउरीको फल पाकिरहेको छ।यो फल कार्तिक र मंसिर महिनामा फुल्ने र जेठको अन्तिम साता देखी असार र साउन महिना सम्म पाक्ने गर्दछ।
यतिबेला डोटीको ईखडा गाँउ वरपर रहेका जंगल र बारीका कान्लामा रहेका चिउरीका बोटमा चिउरी पहेँलै पाकि रहेको छ।तर केहि वर्ष पहिले सम्म उक्त गाँउमा रहेका बुढापाका,युवाहरु चिउरीको बिजुला टिपेर कोलमा पेलेर वर्षभरी तरकारी पकाउनका लागी भुटुन बनाउने गर्द थिए।
अहिले भने उक्त गाँउ रित्तीदै गएको छ।चिउरीको बिजुला टिपेर भुटुन बनाउनु त परै जाओस,चिउरीको फलको रस खाने मान्छे पनि कमै मात्रामा रहेका छन्।गाँउमा रहेको एउटा कोल पनि मर्मत संभार गर्ने मानिस नहुदाँ मासिदै गएको छ।
उक्त सानो गाँउमा रहेको केहि घर पनि तराई तिर बसाई सराई गरिसकेका छन्,भने त्यहाँ रहेका केहि युवाहरु रोजगारीको सिलसिलामा जापान, कतार, मलेसिया, ईण्डीया जस्ता देशहरुमा विदेशीएका छन्।अहिले गाँउमा बुढापाका र बालबालीका मात्र रहेका छन्।गाँउमा मान्छे कम हुँदा चिउरीको फलबाट तरकारीमा हालेर खानलाई भुटुन बनाउने गरिएको छैन्।केहि वर्ष सम्म वर्षभरी बजारबाट तेल किन्नु पर्ने थिएन।तर अहिले दैनिक किनेर खाने गरेका छन्।
युवाहरु लाखापाखा लाग्दा केहि घर रित्तीएका छन्।मालिक कुरेर बसेको केहि खेतबारी पनी बाझो बसेको छ,खेतबारीमा जंगलहरु झ्याङ्गीएका छन्।कुनै समय निकै रमाईलो हुने गाँउ अहिले चाडबाड आउदा पनि सुनसानमय बनेको छ।लामो समय पछि बिजुली बत्ती पुगेको छ।तर बाल्ने घर धुरी छैन्।सेवा सुविधाहरु विस्तारै गाँउमा पुग्दै गर्दा त्यसको उपयोग गर्ने मानिस छैन्।गाँउ नै विस्तारै रित्तीदै गर्दा गाँउमा रहेका बुढापाका निकै चिन्तीत बनेका छन्।
अहिले बुढापाकाहरु भन्ने गर्छन चिउरी भनेको त मान्छे देखि मौरी सम्मलाई मख्ख पार्ने बोट हो।कुनै बेला चिउरीको फूल,फल र पातसम्म हाम्रो जीवनचर्यामा दैनिक खानपानदेखि व्यवसायसम्मका लागि उपयोगी हुने गर्दथियो।तर अहिलेका युवा पुस्ताले यसको महत्व बुझ्दैनन्।चिउरीको संरक्षण कसले गर्ने भन्दै निकै चिन्तित देखिन्छन्।
चिउरी समुद्र सतहबाट २०० देखि १५०० मिटरको उँचाइमा पाइने गर्दछ।यो वनस्पतिको वैज्ञानिक नाम ‘डिप्लोकनेमा ब्युटीरेसी’ हो।
चिउरीको फल बाट हुने फाईदाहरु ॥
१.चिउरीको फलबाट (तरकारी पकाउन र सेल रोटी पकाउन तेल बनाउन सकिन्छ,भने यसबाट औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ।
२.चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ।
३.चिउरीको घिउबाट साबुन शरिरमा लगाईने लोसन,कपाल मुलायम बनाउन र मैनबत्ति बनाउन उपयोगी हुन्छ।यसलाई पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ।
४.चिउरीको फलबाट घिउ अर्थात भुटुन बनाउदा निस्किएको पिनाबाट माछा मार्न जोडोयाममा पहाडमा लाग्ने भुसुना किरा लामखुट्टे धपाउन प्रयोग गरिन्छ।
५.चिउरीको पात गाइवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ।
६.चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ।यसको फल सिधै खान पनि मिल्छ।यसबाट जुस,जाम बनाउन र रक्सी बनाउन सकिन्छ।
७.चिउरी चराचुरुङ्गीहरुको लागी प्रमुख आहार पनि रहेको छ।
८.पिनाको पीठोलाई तरकारी बालीमा विषादीको रुपमा पनि प्रयोग गरिन्छ।
९.चिउरीको बीउ पेलेर निस्कने पिना महत्त्वपूर्ण कम्पोस्ट मल मानिन्छ।
१०. चिउरी चकलेट,बिस्कुट आदि उत्पादनमा पनि यो घ्यू प्रयोग हुन्छ ।
चिउरीको संरक्षण गर्न आवश्यक !!
चिउरीका बोटहरु काट्दा यो मासिदै गएको छ।यसको संरक्षण गर्न आवश्यक रहेको छ।पछिल्लो समय सामुदायिक वनमा रहेका चिउरीका रुख काट्न प्रतिबन्ध गरिए पनि अन्य काठ भन्दा चिउरीको काठ बलियो हुने भएकाले लुकिछिपी रुख काटी घर निर्माणमा प्रयोग हुँदै आएको छ।
चिउरी युगौँदेखि मानव जीवनसँग प्रत्यक्ष जोडिएको हुनाले चिउरी जस्तो बहुउपयोगी बिरुवा पछिल्लो समय जनचेतनाको अभावमा मासिने क्रम बढेको छ।
देशका कतिपय पहाडी भेगमा चिउरीको वृक्षारोपण गर्न थालिएको छ।चिउरीलाई लघु उद्यमको रुपमा विकास गरी यसबाट रोजगार सिर्जना पनि गर्न सकिन्छ।
चिउरीको संरक्षण गर्दा जलवायु परिवर्तनले पारेको प्रभावलाई समेत रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ।चिउरी मानिसका लागी बहुउपयोगी भएको हुदाँ यसको वृक्षारोपण नगर्दा लोप हुँदै गएकाले प्रवर्धन तथा संरक्षण गर्नु अहिलेको अपरिहार्य आवश्यक देखिएको छ।