काठमाडौं,साउन,१९-पर्सामा थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो।
‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनमसार जसमा १० वर्षदेखि ७१ वर्षसम्मका छन्।’
उहाॅंका अनुसार ४९२ को नतिजा आउँदा उल्लिखित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अझै ९०० नमुना परीक्षणका क्रममा रहेको उहाॅंले जानकारी दिनुभयो ।थपिएका संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्।
आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा
यसरी ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू निषेधाज्ञा आज साेमबार बिहानै ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो।
निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीयलाई जिल्ला प्रशासनले आग्रह गरेकाे छ।
पर्सा प्रशासनले जारी गरेको निषेधाज्ञाको सूचना-