काठमाडौँ, कात्तिक,८-
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मकरुपमा परिचालन गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।रासस