मन्त्रिपरिषद् विस्तारले निर्वाचनमा असर गर्दैनः निर्वाचन आयोग

काठमाडौं,असोज,२८-

निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तारका कारण निर्वाचनमा प्रतिकुल असर नपर्ने स्पष्ट पारेको छ ।चुनावको पूर्वसख्यामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि सपथ गराउने नगराउने निर्णय गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तहरुसँग परामर्श गर्नु भएको थियो  । छलफलमा आयोग पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन् ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचार संहिता निर्वाचन स्वतन्त्र, स्वच्छ रुपमा सम्पन्न गर्नका लागि भएको बताउनुभयो । आज मात्र यो भएको हो र ? यसअघि पनि भएको छ’ उहाँले भन्नुभयो ‘सरकार परिर्वतनले हाम्रो स्थानीय तहको निर्वाचनको स्वतन्त्रमा कत्ति पनि असर परेन । अहिले पनि आशा गर्छौं कि तोकिएको मितिमा निर्वाचन होस् । यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा आयोगले आचारसंहिता विपरित भन्दै विरोध गरेको थियो ।साभार /अनलाईन खबरबाट