साफ विजेता बंगलादेशी गोलकिपरको घर सरकारले बनाईदिने

साफ विजेता गोलकिपरलाई नयाँ घर बनाईदिन प्रधानमन्त्रीको निर्देशन

ढाका,असोज,६-बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् ।

साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी रुपना रंगमाटी नानियारचरकी हुन् ।

बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका थिए ।

No description available.रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसले गर्दा अमेरिका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेकि प्रधानमन्त्री शेख हसिनाको ध्यानाकर्षण भयो ।

उनका प्रेस सचिव एहसानुल करीमका अनुसार उनले रुपनाको परिवारको निमित्त घर बनाउन अमेरिकाबाट निर्देशन दिएको बताए ।

डीसी मिजानुर रहमानले सो निर्देशन पठाइसकेको कुरा ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।खेलपाटीबाट!!

No description available.