काठमाडौं,चैत्र,२९-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार ३ वटा खेलहरु हुने भएका छन् ।
लिगको आठौं चरण अन्तर्गत बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुने भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।एनआरटी र संकटाबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुने भएको छ ।
एनआरटी बुधबार दोस्रो जितको योजनामा हुने छ।एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ।संकटा तेस्रो जितको खोजीमा हुनेछ।संकटा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । यता, च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
दुई टोलीबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुनेछ । एपीएफ बुधबार चौंथो जितको योजनामा हुनेछ । एपीएफ ७ खेलमा ११ अंक जोडेर सातौं स्थानमा रहेको छ।त्यस्तै, रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
दुई टोलीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । शीर्ष स्थानको मनाङ बुधबार पाँचौ जित निकाल्ने योजनामा रहेको छ । मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सातदोबाटो पनि पाँचौं जितको योजनामा रहेको छ ।
सातदोबाटो १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।