बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, एक घाइते

बैतडी,चैत्र,२९-बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हो।

सोही स्थानका ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको हो।

अर्का घाइते ४२ वर्षीय सङ्ग्रामसिंह धामीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल रहेको उहाँले बताउनुभयो ।