केन्द्रमा १५ मन्त्रालय प्रस्ताव

काठमाडौं,पुस,१-

संघीय संरचना कार्यान्वयन हुँदा केन्द्रमा १५ वटा र प्रदेशमा बढीमा ७ वटा मन्त्रालय आवश्यक पर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइएको छ ।

अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिले मन्त्रालय संख्यामा ब्यापक कटौतिसहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको हो ।

संघीय प्रणालीमा गएपछि बजेट, अधिकार, स्रोत र जनशक्तिसमेत तल्लो तहमा विकेन्द्रित भएको अवस्थामा केन्द्रमा भएका मन्त्रालय गाभिनुपर्ने भन्दै १५ वटा संख्या निर्धारण गरेको हो ।

यद्यपि समितिको उक्त प्रतिवेदनलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयन हुनेछ । आजको कान्तिपुरमा खबर छ ।