द्वन्द्वग्रस्त सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

काठमाण्डौं,फागुन,२६-

द्वन्द्वग्रस्त मुलुक सिरियामा केही नेपाली युवतीहरु पुगेको छ ।समाचार अनुसार त्यहाँ पुगेका युवतीहरुको यकिन तथ्यांक त छैन तर झण्डै ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

उनीहरु कस्तो हालतमा के गरिरहेका छन् भन्ने पनि खुलेको छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे सरकार बेखबर छ ।

सम्पर्क शूत्रहरुमार्फत आएको सूचनाका आधारमा दूतावासले त्यहाँ ५ सयभन्दा बढी नेपाली युवती घरेलु कामदारका रुपमा कार्यरत रहेको आँकलन गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।