पहुँचका भरमा शान्ति मिसन

काठमाण्डौं,फागुन,२६-

प्रहरीले पहुँचका भरमा शान्ति मिसनमा पठाउने प्रहरी छनोट गरेको  छ ।प्रहरी प्रधान कार्यालयले पहुँचका भरमा २२ जना प्रहरीलाई छनोट गरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (हाइटी र डार्फर) पठाउने तयारी गरेको छ ।

मुख्यालयको छनोटबाट मिसन जान पाउने भाग्यमानीमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका अंगरक्षकदेखि प्रहरी महानिरीक्षक प्रकाश अर्यालका भान्छेसम्म छन् ।

कार्यक्षमता र दक्षताका आधारमा मिसनमा जाने प्रहरी छनोट गर्नुपर्ने हो तर प्रधान कार्यालयको निर्णयले ज्यान जोखिममा राखेर काम गर्ने प्रहरी कर्मचारीको मनोबलमा असर पुगेको एक जना प्रहरीले दुखेसो पोखेका छन् । यो खबर आजको अन्नपूर्ण छापिएको छ ।