राष्ट्रियसभा नेतृत्वमा एमालेका दुई नेता आकांक्षी

काठमाण्डौं,फागुन,२६-

राष्ट्रियसभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् । पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटव्यूरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमिल्सिनाले नेतृत्वमा इच्छा देखाएका हुन् ।

एमाले र माओवादी केन्द्रबीच भएको पदीय बाँडफाँटका अनुसार एमालेको भागमा राष्ट्रियसभा अध्यक्ष परेको छ । तर सो जिम्मेवारी कसलाई दिने भन्ने निर्णय पार्टीले गरेको छैन ।

राजधानीका अनुसार उनीहरु दुवैले एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षलाई भेटेर आकांक्षा देखाएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।