बुध्द एयरले जेठ देखि रात्रिकालिन उडान सेवा सुरु गर्ने

Image Not Foundकाठमाडौं,बैशाख,२९-बुध्द एयरले जेठ १ गते अर्थात(मे-१५) का दिनदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्ने भएको छ।रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा हुनेछ। यी उडानका समय राती ८ बजेदेखि शूरु  हुने बुध्द एयरले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान गर्ने व्यवस्था गरेको छ।दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुध्द एयरले जनाएको छ।रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ । 

बुध्द एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सञ्चालनको लागि पनि  अनुरोध गरेको छ।बुध्द एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको बताएको  छ ।
 दोस्रो हब भैरहवा –
पोखरा विमानस्थललाई बुध्द एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ।यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको छ। अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ । यसअघि भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याईसकेको छ । 

भविष्यमा भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा  क्रमशः उडान भर्ने योजना बुध्द एयरको रहेको पनि बताएको  छ । उडानसँगै पर्यटकहरुका लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजमार्फत होलिडे

प्याकेजहरु पनि सञ्चालन गरिहेको कम्पनीले छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको जनाएको छ ।