जिफन्टले बाँकेमा भव्य रुपमा मनायो अन्तरास्ट्रिय श्रमिक महिला दिवस

कोहलपुर,फाल्गुन,२४-
मातृत्व संरक्षण सहित सामाजिक सुरक्षा भन्ने मुल नारा सहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अाज बाँकेको कोहलपुरमा भव्य रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

अाज कोहलपुरको शीत भण्डारको हलमा जिफन्ट प्रदेश नं ५ कि सह सचिव नुमा थापाको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियोे । जसको प्रमुख अतिथिमा जिफन्ट बरिस्ठ युनियन कर्मी सञ्जालका सदस्य केशव गिरी, अतिथिहरुमा प्रदेश नं ५ का जिफन्ट सचिवालय सदस्य पुर्ण के-सी-, जिफन्ट बाँकेका ईन्चार्ज टि-एन-रावत, नेपाल कम्युनिस्ट पार्ट्टि   नेेेकपाका  नेेेता   अब्द्दुल  हुसेन खान, जिफन्ट अो-एच-एस- कमिटी केन्द्रीय कमिटी सदस्य सुमन गिरी, राष्ट्रिय सौन्दर्य कर्मी प्रदेश नं ५ कि अध्यक्ष सुनिता अार- सी- लगायत विभिन्न ट्रेड युनियनसंग सम्बन्धित व्यक्तिहरु, सौन्दर्य कर्मीहरु, स्वयम सेविकाहरु, स्वास्थ्यकर्मी सदस्यहरु, नेकपा निकटका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको सचिवालय सदस्य पुर्ण के-सी-ले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले श्रमिक महिला दिवस एउटा हलमा मात्र सिमित नराखेर उनीहरुका हकहितका लागि लड्नु पर्ने बताएका थिए । बोल्ने वक्ताहरुले श्रमिक महिलाहरूको पनि नेपालमा परिवर्तन ल्याउन अहम् भूमिका रहेको बताए । उक्त कार्यक्रम सञ्चालन  राष्ट्रिय  युवा कमिटीकि सदस्य शर्मिला थापाले गरेकी थिईन ।