२१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने

नेपालगञ्ज,फाल्गुन,२५-

काम गर्ने सोंच बनाएका २१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने भएका छन् । नेपालगञ्जका बिभिन्न क्षेत्रका ती युवाहरुले आफैले लघु उद्यम गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरुले केही न केही व्यापार व्यवासय गर्ने नेपालगञ्जमा संचालित पाँच दिने लघु उद्यम बिकास तालिमको शनिबार समापनका क्रममा यस्तोप्रतिबद्धता जनाएका हुन ।

काम नपाएर आर्थिक रुपमा सक्षम हुनका लागि केही गर्नुपर्ने भएकाले पनि आफुहरुले केही दिनमै आ–आफ्नो क्षेत्रमा गएर उद्यम संचालन गर्ने बताए । तालिमका सहभागि कृष्ण शाहीले अरुकोमा गएर काम गर्नुभन्दा आफैले केही व्यवसाय गर्नु उत्तम हुने हुँदा केहिदिनभित्र नै उद्यम शुरु गर्ने बताउनुभयो ।

नेपालगञ्ज २१ पुरैनाकी मनिषा कुमारी मिश्राले आफुले व्यूटी पार्लर संचालन गर्ने बताउनुभयो । अहिलेको समयमा आफ्नो व्यवसाय गर्ने मानिस अगाडी बढ्न सकेको भन्दै उहाँले आफु सक्षम हुन सकेमात्र अगाडी बढ्न सकिने बताउनुभयो । सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले युवाहरुमा प्रदान गरेको प्रेरणाले ती युवाहरु उद्यम गर्न सक्षम भएका हुन ।

युवाहरुले सकारात्मक शन्दै दिँदै नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख मन प्रसाद रेग्मीले सानो शुरुवातबाट नै सफलता मिल्ने बताउनुभयो । उहाँले अधिकांश मानिसहरु सानो व्यवासय, उद्यमबाट नै अहिले सफल बनेकोले अहिले युवाहरुले गरेर देखाउने समय आएको भन्दै प्रेरित गर्नुभयो । बिउ खानेभन्दा पनि फल खान अग्रसर हुनुपर्छ, शिक्षा प्रमुख रेग्मीले भन्नुभयो, यसले व्यवासय र व्यवासायीलाई उचाईमा पु¥याउँछ ।

पौरखी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरि तिमिल्सिनाले उद्यम व्यवासय संचालनमा सहकारीले सहयोग गर्न तयार रहेकाले युवाहरुले आँट र जागर देखाउनुपर्ने धारणा राख्नुभयो । सेफ द चिल्ड्रेनको सहयोगमा (एसडिएफ)ले युवा शशक्तिकरण बुलगारी परियोजना अन्तर्गत युवाहरुलाई स्वरोजगार बनाउन सीपमूलक तालिमहरु संचालन गर्दै आएको अध्यक्ष बिष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।

बिगतमा भएका तालिमहरुले समाजमा राम्रै उपलब्धी दिएकाले यस्तो तालिमहरु संचालन गरिएको अध्यक्ष ढकालले स्पष्ट पार्नुभयो । सेफ द चिल्ड्रेनका फुल कुमारी चौधरीले यही नै काम गर्न प्रेरित गरेर खाडी गइरहेका धेरै युवालाई रोक्ने भूमिका युवाहरुकै भएको बताउनुभयो । तालिमलाई बृजेश ठाकुर र सहजराम यादवले सहजीकरण गर्नुभएको थियो ।