नेपालले दियो मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य

काठमाडौं,असोज,१०-१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए।उनले मात्रै ५० बलमा १३७ रन बनाए।१३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे। 

यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए।उनले २ चौका र ६ छक्का हाने।दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए। उनले ८ छक्का प्रहार गरे।