जापानमा कोरोना लागेका १०,५१९ जना निको भए, १६,७८९ संक्रमित

अहिले सम्म ७ सय ९ जनाको निधन

जापान,जेठ,१-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य १० हजार ५ सय १९ जना निको भएका छन् । 

पछिल्लो समय निको हुनेको संख्या बढिरहेको छ । केहि समय अगाडी २ सय देखि ६ सयको हाराहारीमा दिनैपिच्छे संक्रमण देखिने गरेकोमा त्यो अहिले घट्दै गएको छ ।बुधबार देखि बिहिबार बिहान सम्म थप नयाॅं ५३ जनामा संक्रमण देखिएको थियो । 

यो संगै संक्रमितको संख्या १६ हजार ७ सय ८९ जना पुगेको छ। अहिले सम्म  ७ सय ९ जनाको मृत्यु भएको छ। एकै दिन गएको २४ घण्टामा १८ जनाको ज्यान गएको थियो ।यो संगै मृतकको संख्या ७०९ जना पुगेको हो । तर अघिल्ला दिनहरुको आकडालाई हेर्दा मृत्यु हुनेको दर भने रोकिएको छैन् ।

बिहिबार बिहान सम्म जापानका विभिन्न ठाँउ, साईतामा, टोयामा, ओसाका, फुकुओका केनमा एक एक जना यस्तै होक्काईदो र हियोउगो केनमा दुई दुई जना त्यस्तै खानागावा केनमा ३ जना यस्तै टोक्योमा मात्र ७  जनाको एकै दिन निधन भएको थियो ।