नेपालमा फेरी ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमाडौं,जेष्ठ,२-कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी १८,२०, २२, २५, २७, ३२, ३६ वर्षीय पुरुषहरु छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।