संचारकर्मि तथा सर्जक गजरकोटेको उत्कृष्ट सिर्जना ‘बार लाउ है मायाले’ चर्चामा

सिर्जना बर्देवा/
ओखलढुंगा, चैत्र,२१-
कुशल संचारकर्मि तथा गीतकार शिखर गजरकोटेको शव्द सिर्जनामा ‘बार लाउ है मायाले’ बजारमा चर्चा पाएको छ । पुर्बेली भाका आधारीत यस ‘बार लाउ है मायाले’ बोलको गीतले सार्बजनिक भएको केही दिन मै बजारमा चर्चा पाएको हो ।

गजरकोटेको शव्द सिर्जना रहेको यस पुर्बेली भाकामा प्रियजन राईको लय सृजना रहेको छ । चर्चित गायक राजेशपायल राई र रेणुका राईको स्वर रहेको यस पुर्वेली गीतको म्युजिक भिडियोमा ऋतु कोईराला, समिर राई र हरिचन्द्र राईको अभिनय रहेको छ ।

प्रियजन राईको निर्देशन रहेको यस म्युजिक भिडियोमा छायांकन जनकराज अधिकारीको रहेको छ भने भिडियोको सम्पादन मनिश कार्किले गरेका छन् यस पुर्वेली गीतलाई पुर्वेली जुनतारा म्यूजिकले बजार व्यवस्थापन गरेको छ ।

(भिडीयो हेर्नुहोस् )