नेपाली उपभोक्ता माझ लोकप्रिय हुँदैछन् प्रानका उत्पादनहरु

काठमाडौं,चैत्र २०-

बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो ।

नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ । प्रानका उत्पादनहरु बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत बजार हिस्सा रहेको छ ।
खासगरी दक्षिणपूर्वि एशिया, गल्फ राष्ट्र मलेसिया, अमेरिका, अष्ट्रेलिया तथा युरोपियन देशहरुमा अत्यन्त लोकप्रिय रहेको प्रान नेपाली बजारमा पनि लोकप्रिय हुँदै गईरहेको छ ।

प्रानका जुस तथा अन्य खाद्य वस्तुहरु प्राकृतिक तत्वद्वारा तयार गरिएकोले उच्चस्तरीय, पोषणयुक्त एवं स्वादिलो रहेको रहेको छ । नेपाली बजारमा भित्रिएको छोटो समयमै प्रान उपभोक्ता माझ लोकप्रिय भएको छ ।

विशेषगरी प्रान कम्पनीका जुसहरु नेपाली बजारमा अत्याधिक रुचाईएका छन् । फलफुलमा रहेका प्राकृतिक पोषक तत्वलाई अत्याधुनिक तवरले प्रसोधित गरिएको हुन्छ । नेपालमा लिचि जुस, पोटेको क््रयाकर, प्रान फ्रुटो, पोटाटा विस्कुट लगायतका उत्पादन अत्याधिक रुचाईएको प्रानका मार्केटिङ मेनेजर शशिम लामाले बताए ।

लिचि जुस, पोटेको क््रयाकर, प्रान फ्रुटो, पोटाटा विस्कुट जुनसुकै उमेर वर्ग समुहले खान तथा पिउन योग्य रहेको छ । यी उत्पादनहरुमा कुनै पनि प्रकारको अखाद्य वस्तुहरुको मिसावट गरिएको छैन । यी वस्तुहरु बजारमा आउनुपूर्व नै अन्तराष्ट्रिय स्तरबाटै क्वालिटी चेक पास गरी पठाईएको हुन्छ ।