साफ यू–१५ फुटबल : नेपालले उपाधिका लागि भारतसँग शनिबार खेल्ने

काठमाडौं,भाद्र,१३-

भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ ।

बिहिबार भएको अन्तिम खेलमा भारतले बंगलादेशलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल फाइनलमा पुगेको हो ।

भारतले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । अपराजित भारत भने शीर्ष स्थानमा रहदै फाइनल पुग्यो ।

भारतले ४ खेलबाट १२ अंक जोड्यो । नेपालले ४ खेलबाट ९ अंक जोड्दा बंगलादेशले ६ अंक जोड्यो । श्रीलंकाले ३ र भुटान अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरियो थियो ।

अब नेपालले उपाधिका लागि भारतसँग शनिबार खेल्नेछ।साविकको विजेता रहेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।