फुल झै राम्री मान्छे भेटेसी गायक बिक्रम परियार लठ्ठै

ओखलढुंगा,पौष,१३-

पछिल्लो समयका चर्चित गायक बिक्रम परियार फुल झै राम्री मान्छे देखेसी लठ्ठै परेका छन् । भर्खरै मात्र सार्वजनिक गरिएको लोक दोहोरी गीत “सरर बतासै चल्यो” मा गायक परियार राम्री मान्छे देखेर लठ्ठै परेका हुन् ।

यस्तै भावमा तयार भएको लोक दोहोरी भाका “सरर बतासै चल्यो” सार्वजनिक भएको छ । यस गीतमा सर्जक रमेश परियारको लय तथा शव्द सिर्जना रहेको छ भने केशब बडुले एरेन्ज गरेका छन् । चर्चित गायिका सम्झना भण्डारी र गायक परियारको स्वर रहेको यस भाकामा चर्चित गायक तथा मोडल रामजी खाण र करिस्मा ढकालको अभिनय रहेको छ ।

भिडियोमा निर्देशक मौसम हिमालीको निर्देशन रहेको छ । दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियोको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । एकता फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई पृथ्वी ईन्टरटेन्मेन्टले प्रा।लीले बजार व्यवस्थापन गरेको छ ।

भिडीयो हेर्नका लागी दिएको लिंकमा क्लिक गर्नुहोस् ।