बाजुरामा बन्दै गरेको अनाथ बालगृहका लागी ईजरायलबाट तिन नेपाली महिलाको सहयोग

इजरायल,पुस,१४-

पछिल्लो समय नेपालका कान्छा सामाजिक अभियन्ताबाट चर्चित हुँदै गरेका केपि खनालले सफाइ अभियान संगै बाजुरामा अनाथ बालगृह निर्माणका लागी रातदिन लागी परेका छन् ।

उनको यो सामाजीक कार्यका लागी देश विदेशबाट सहयोग आईरहेको छ ।

खनालले बाजुरामा निमार्ण गर्न लागेको अनाथ बालगृहका लागी भने ईजरायलमा रहेको तिन नेपाली महिलाले सहयोग गरेका छन् ।

ईजरायलमा काम गर्नुहुने काठमाण्डौं कि आईत तामाङ, काठमाण्डौं कै  सन्ध्या नेवा र धरानकि सुनीता गुरुङले सामुहिकहरुपमा करिव १५ हजार सहयोग हस्तान्तरण गर्नुभएको हो  ।