लायन्स क्लब अफ काठमाडौंले शनिबार “स्कुटर एण्ड मोटरसाइकल र्‍याली “गर्दै

काठ्मान्डौँ, असार ,१३-


काठमाडौंमा शनिबार भोलि “स्कुटर एण्ड मोटरसाइकल र्‍याली “कार्यक्रम हुनेभएको छ।

लायन्स क्लब अफ काठमाडौं आधारको आयोजनामा भोलि उक्त कार्यक्रम सम्पन्न हुनेभएको हो। काठमाडौंको बुद्धमलदेखी र्‍याली सुरु हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रम बिहान साढे सात बजेदेखि सुरु हुनेछ। र्‍याली बुद्धमल देखि चक्रपथ , चक्रपथ देखि लाजिम्पाट , लाजिम्पाट देखि किङस वे, भद्रकाली ,माइतीघर र बानेश्वर हुँदै कोटेश्वर पुगेर टुंगिने छ।

कार्यक्रममा र्‍याली सङ्गै ट्राफिक नियमको पालना सम्बन्धी सतर्कता कार्यक्रम रहेको र र्‍यालीमा उपस्थित हुनेलाई निशुल्क टि-सर्टको व्यवस्था रहेको पनि आयोजकले जनाएको छ।

युवाहरूलाई ट्राफिक नियम पालना गर्नुपर्छ, ट्राफिक नियम सम्बन्धी सबैजनालाई जनचेतना फैलाउनु पर्छ भन्ने भावना जागृत गराउने मुख्य उद्देश्यले “स्कुटर एण्ड मोटरसाइकल र्‍याली “को आयोजना गर्न लागेको आयोजकले बताएको छ।