सरकारले ईन्धनको मूल्य घटाए संगै हवाई भाडा घट्यो,नयाँ भाडादर (सूचीसहित)

काठमाडौं,चैत्र,२२-सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको हो । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ ।

प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।