केपी सरकार भंग भएको हो, संसद जीवितै छ: प्रचण्ड

फाईल तस्विर !!

काठमाडौं,पुस,७-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारमात्र भंग भएको र संसद भने जीवितै रहेको बताउनु भएको छ ।

मंगलबार बबरमहलमा भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद जीवित रहेको जिकिर गर्नुभयो ।

‘केपी सरकार भंग भयो’, प्रचण्डले भन्नुभयो, ‘संसद भंग भएको छैन। संविधानतः संसद जीवित छ।’प्रचण्डले ओली कम्युनिस्ट विचारबाट च्यूत भएको र निरंकुश बन्दै गएको पनि आरोप लगाउनुभयो ।

‘कम्युनिस्ट विचारबाट उहाँ च्यूत हुनुभयो, उहाँमा कम्युनिस्ट आचरण पनि नभएको भेलामा प्रचण्डले बताउनु भएको थियो ।