मायादेवी प्राबिधिकका विद्यार्थीद्वारा पाल्पामा जनचेतनामुलक स्वास्थ्य कार्यक्रम सम्पन्न

पाल्पा,फाल्गुन,१०-
मायादेवी प्राबिधिक शिक्षालय बुटवल १२ स्थित हेल्थ असिस्टेन्टका विद्यार्थीले शुक्रबार पाल्पाको रम्भा गाउपालिकामा माइक्रो हेल्थ प्रोजेक्ट सन्चालन गरेका छन।

उनीहरु कम्यिनिटी हेल्थ डाइगोनिस सिकाइ गर्ने उद्धेश्यले २ महिना को लागि ताहु प्रथामिक स्वास्थ केन्द्र , पाल्पामा आएका हुन। उनीहरुले रम्भा गाउपालिका ५ काे बिभिन्न वडामा गएर स्वास्थ्य समस्याको बारे जानकारी लिइ तथ्यांक संकलन गरेर स्वास्थ सम्बन्धीत जनचेतना फैलाएका हुन।

उनीहरुले बृहत सुक्ष्म स्वास्थ्य परियोजना रम्भा ५ बांकुममा फाल्गुन १० गते सन्चालन गरेका हुन । उक्त कार्यक्रम मधुमेह रोग किन लाग्छ , कसरी लाग्छ, कस्तो ब्यक्ती बढी प्रभावित हुन्छ्न , के कस्ता समस्या देखा पर्छ भन्ने विषयमा १ दिने माइक्रो हेल्थ प्रोजेक्ट सन्चालन गरेका हुन।

कार्यक्रममा विद्यार्थीहरुले उच्च रक्त्त चाप सम्बन्धित जानकारी दिनुका साथै गुणस्तरिय खाना , स्वास्थ जीवन शैली , को बारे पनि सर्बसाधारणलाई जानकारी दिएका थिए। त्यस्तै उनीहरुके विश्व स्वास्त्य सङठनको अनुसार हात धुने तरिका पनि सिकाएका थिए।

कार्यक्रममा सुसान्त चौधरी, रमा न्यौपाने, दिबेन्द्र कुमार भुज ,गिर्जेस प्रजापति , अशोक कुमार यादव, बिजया सर्मा, दिक्ष्या खनाल , रोमि मदन्वाल , सुक राना मगर, उषा क्षेत्री गरी १० जनाको समूह रहेको थियो।

उपलब्धिमुलक तरिकाले सपन्न कार्यक्रममा करिव १०० जना भन्दा बढिको उपस्तिथि रहेको थियो। कार्यक्रमबाट स्वास्थ्य सम्बन्धी धरै कुरा आफुले सिकेको सर्वसाधारणले बताएका थिए।