ओखलढुंगाको मानेभञ्ज्यांगमा आज तिज विशेष कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,भदौ,५-
तीज नजिकिएसँगै ओखलढुंगा सहित दशैभर चहलपहल बढेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकीएसँगै बजारमा किनमेल गर्ने र चेलीहरु माईत जानेको चहल पहल बढेको हो । पछिल्लो केही दिन यता साडी,चुरा,पोते,लगायतको व्यापार बढेको व्यवसायीहरुको भनाई छ ।

पर्सी ८ गते नेपाली हिन्दु नारीहरुले तीज मनाउँदै छन् । तीज आउन केही दिन बाँकी हुँदा सामुहिक रुपमा दर खाने र नाचगान गर्ने लगायतका कार्यक्रमहरु ठाउँठाउँमा भईरहेका छन् ।

यसैबिच,ओखलढुंगाको मानेभञ्ज्यांगमा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा स्वास्थ्य आमा समूह मानेभञ्ज्यांगले तीज विषेश कार्यक्रम गरेको हो ।

मानेभञ्ज्यांग गाउँपालिकाका प्रमुख मोतिराज राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख सविता राई,कार्यकारी अधिकृत सुवास पौडेल लगायतका सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

तीजको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्ने वत्ताहरुले शुभकामना आदानप्रदान गर्दै तीजलाई सभ्य र भव्य पर्वका रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।

आयोजित तीज विषेश कार्यक्रममा लोकगीत प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा स्थानीय ५ वटा आमा समूहहरुले सहभागिता जनाएका थिए । विजयी समुहलाई पुरस्कार तथा सहभागी सबै समूहलाई प्रमाणपत्र प्रदान गरिएको छ ।