रेश्मा र एसकुमारको साथमा झुम्यो नेपालगन्ज

नेपालगंज,पुस,२९-

नेपालगन्ज महोत्सवको चौँथो दिन आइतबार नेपाल आइडलका झक्कड थापा, गायिका रेश्मा पुन र बहुचर्चित गायक एसकुमारले दर्शकलाई झुमीझुमी नचाए।चर्चित गीत मैले छोएको पानी चल्दैन भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक एसकुमारले हे तुल्सी , मायाको डोलि चढाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।

त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका रेश्मा पुनले भने पिरतिको मात लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई नचाएकी थिइन। त्यस्तै महोत्सवमा झक्कड थापाले पनि कानमा डबल ठुम्का भन्ने गीत गाएर मनोरन्जन दिएका थिए। झक्कडले पहिलो पटक स्टेजमा प्रस्तुती दिएका हुन।

महोत्सवमा क्वाटर फाइनलको लागि नृत्य प्रतियोगिता पनि आइतबार सम्पन्न भएको थियो। प्रतियोगिता दिन आइतबार जम्मा २३ जना प्रतियोगिले प्रस्तुती दिएका थिए।जस मध्य ४ जना बाहिरिएका थिए।

साथै मेलाको पाँचौ दिन सोमबार गायिका शान्ति श्री परियार ,गायक जय रावल लगाएत नृत्य प्रतियिगिता सङ्गै स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।