गौराले पार्लर कारोवारमा वृद्धि

इन्द्र कार्की
महेन्द्रनगर,भाद्र,१८   

सौन्दर्यका रुपमा पुरुष भन्दा महिलाहरु निकै अगाडी रहेका हुन्छन् । समान्य अवस्थामा पनि सरसफाई तथा सौन्दर्यका मामिलामा महिला सचेत रहन्छन । विशेष अवसरमा यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । सुदूर पश्चिममा हालै सम्पन्न गौरा पर्वको समयमा व्युटि पार्लरहरुमा देखिएको चहल पहल वाट समेत सौन्दय प्रति शहरी तथा ग्रामिण महिला मोह प्रस्ट देख्न सकिन्थ्यो ।

गौरा पर्वमा तुलनात्मक रुपमा महिलाहरुको सहभागिता वढि हुन्छ । गौरा संगै व्युटि पार्लर कारोवारमा समेत वृद्धि भएको छ । गौरा पर्वका समयमा महेन्द्रनगर वजार क्षेत्रका प्राय व्युटि पार्लरहरुमा ग्राहकको चहलपहल देख्न सकिन्थ्यो ।

समान्य वेला भन्दा चाडपर्व तथा यस पटक हरितालिका तीज र गौरा पर्वमा ग्राहकहरुको संख्यामा वृद्धि भएकोले व्युटि पार्लर कारोवारमा वृद्धि भएको महेन्द्रनगरका व्युटि पार्लर व्यवसायीहरुको भनाई छ । व्युटि पार्लरहरुमा ग्राहकहरुको चहलपहल वढे संगै आम्दानीमा पनि वृद्धि भएको उनीहरु वताउछन् । 

सौन्दर्य प्रशाधनहरुको मुख्य केन्द्र मानिने व्युटि पार्लर व्यवसाय महेन्द्रनगर लगायत कञ्चनपुरका ठुला साना वजारहरुमा मुख्य पेशाका रुपमा फस्टाउदो क्रममा रहेको छ । सानो लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने ,महिलाहरुले सजिलै सिक्न सक्ने ,ग्राहकहरुको खासै कमि नहुने तथा कम परिश्रम लाग्ने भएकोले पनि यस तर्फ आकर्षण वढदै गएको भनाई यस क्षेत्रमा संलग्न व्यवसायीहरुको रहेको छ ।

पार्लरको आम्दानीले घर खर्च चलाउनुका साथै राम्रै आर्थिक वचत समेत हुने भएकोले आम्दानीको लागि गतिलो साधन वनेको छ । व्युटि पार्लरहरुका ग्राहकहरुमा युवति देखि वृद्ध सम्म हुने गरेका छन् । जसमा ग्राहकहरुको चाहना वमोजिमको सौन्दर्यता प्रदान गरिन्छ । सौन्दर्यता अन्र्तगत कपाल स्टे«ट गर्ने,महेन्दी लगाउने,कपाल काट्ने,लाइनिङ्ग गर्ने,थेडिङ्ग गर्ने,फेसियल गर्ने लगायतका कार्यहरु पर्ने गर्छन ।

महिलाहरुको अन्य पेशामा कम सहभागिता रहे तापनि पछिल्लो समय व्युटि पार्लरमा उल्लेख्य रुपमा सहभागिता वृद्धि भईरहेको तथ्य जिल्लाका मुख्य वजार देखि गाउ सम्म खुल्न थालेका व्युटि पार्लर, व्युटि पार्लर तालिम सेन्टर र वुटिकहरुको लहरले देखाउछ ।