सुस्तायो नेपाल–चीन जोड्ने सडक

७ वर्षमा बल्ल १८ किलोमिटर ट्याक

काठमाडौं,भदौ,१८-

सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ ।

सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवर दुई दिनमै पुगिने र समग्र दार्चुलाले काँचुली फेर्ने जिल्लावासीको सपना थियो ।

तर सडक निर्माणको जिम्मा पाएका कार्यालय र निर्माण व्यवसायीको लापरवाहीका कारण सडकले गति लिन सकेको छैन । १ सय ४० किलोमिटरको यो सडक निर्माण सुरु भएको ७ वर्षमा जम्मा १८ किलोमिटर मात्रै ट्याक खुलेको आजको राजधानी दैनिकले लेखेको छ ।