बाह्रबिसे पहिरोका चार घाइतेलाई दुई हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

बेपत्ता २० जनाको पहिचान खुल्यो (अपडेट)

फाईल तस्विर !!

काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई काठमाडौँ ल्याइएको छ।बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताउनुभयो।

कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० महिनाका बच्चालाई काठमाडौँ ल्याइएको उहाॅंले जानकारी दिनुभयो । अन्य तीनजना घाइतेको भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । सबीताका श्रीमान र बच्चाको भने मृत्यु भइसकेको छ ।

फाईल तस्विर !!

यसैबीच बाढी र पहिरोमा परी बेपत्ताा भएका सबैको पहिचान खुलेको छ । बेपत्ता हुनेमा जम्बुका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जनाको पहिचान खुलेको हो ।

भोटेकोशी गाउँपालिकाका बेपत्ता हुनेमा निमादोर्जे लामा, उनकी बुहारी मन्जु, नातीहरु अन्दाजी वर्ष ६ का सापल र ९ का पासाङ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बाह्रबिसे नगरपालिकाका बेपत्ता हुनेहरुमा भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेको डीएसपी काफ्लेले बताउनुभयो ।

उनीहरुको खोजी कार्य भइरहेको छ ।तीमध्ये दुई जनाको हेम्स र २ जनाको कैलाश अस्पतालमा उपचार भइरहेको छ।