आज अन्तराष्ट्रिय महिला दिवस

फाईल तस्विर !!

काठमाडौं,फाल्गुन,२४-आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस।हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ ।

नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ।यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा महिलाहरुको सक्रिय सहभागीता र नेतृत्वको प्रशंसा गरिन्छ ।

समाजमा सुरक्षित भविष्य र समानताको लागि विभिन्न अभियानहरु चलिरहेका छन्।तैपनी नेपाली समाजमा महिलाहरुले यथोचित स्थान हाँसिल गर्न पाएका छैनन्।अझैपनि घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेको छ ।