यूएई सोसाईटीको सहयोगमा बर्दियामा थर्ड एलायन्सद्धारा त्रिपाल र झुल वितरण

बर्दिया,भाद्र,२-

 साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् ।

तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले शुक्रबार बर्दियको बाढी प्रभावित क्षेत्रको अनुगमन गरे पछि सो कुरा बाहिर आएको छ ।

बाढी पिडितहरुले आफूलाई त्रिपाल र झुलको अवश्यकता रहेकोले व्यवस्था गरी दिन माग गरे पछि नेपलीज मुस्लिम सोसाईटी,यूएईको सहयोगमा थर्ड एलायन्सले आज गुलरिया नगरपालिका वडा नं. ११र १२ का ५० जनालाई त्रिपाल र झुल वितरण गरेको थर्ड एलायन्सले जनाएको छ ।

नेपलीज मुस्लिम सोसाईटी,यूएईका शाहनवाज अख्तरले भने‘राहत कोषमा नगद जम्मा गर्नुभन्दा पीडितको आवश्यकता टार्नु नै अहिलेका लागि निकै गुणा महत्वपूर्ण छ, त्यसैले हामीले पीडितकै घरमा पुगेर राहत वितरण गरिरहेका छौं, ।’

सोसाईटीले बाढीबाट प्रभावित तराईका बिभिन्न जिल्लामा सहयोग प्रदान गरेको छ । बाढी ग्रस्त क्षेत्रहरुको निकै नजिकबाट अध्ययन अनुगमन गर्दै आएको थर्ड एलायन्सले बाढी पिडितहरुका लागि राहत,उपचार र पुर्नवासको व्यवस्था गर्न सरकारलाई दबाब दिदै आएको छ ।

बर्दियाका बाढी पिडितहरुको अवस्था अध्ययन र राहत वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले,खाद्यान्न अभाव भएकाले पीडितहरूमा तत्काल राहत पु¥याउन सरकारलाई दबाब दिने बताउनु भएको थियो ।

उहाँले नेपलीज मुस्लिम सोसाईटी यूएईले थर्ड एलायन्स मार्फत बर्दियाका बाढी पिडितहरुका लागि सहयोग प्रदान गरेको जानकारी गराउनु भएको थियो । राहत वितरण कार्यक्रममा शक्ति समूह कि मध्यपश्चिम क्षेत्रीय प्रमुख निर्माला पौडेलले भन्नु भयो,विपत्तिको

समयमा मानवीय सहयोगमा हात बढाउनु धेरै प्रसशंनीय कार्य भएको बताउदै ‘सोसाईटी र थर्ड एलायन्सले बढीपीडितहरूलाई तत्काल राहत पुर्याउने प्रयासका साथ पीडितहरू समक्ष पुगेको छ, प्राकृतिक प्रकोपको चपेटामा पर्नु भएका महानुभावहरूलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आव्हान गर्नु भएको थियो ।’

उनले बाढी पीडितको तत्कालिन र दिर्घकालिन व्यवस्थापनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढ्न पनि आग्रह गर्नु भएको थियो ।अन्य सस्थाहरूले बाढीपीडितका लागि नगद सहयोगको घोषणा गरिरहेका बेला थर्ड एलायन्स प्रभावित क्षेत्रमा पुगेर नगद सहयोग घोषणाको सट्टा आफै राहत वितरण गरेको हो ।

बाढीपीडितका लागि अहिले नगद पैसा नभई खाद्यान्न र ओतको खाँचो भएकाले आफूहरुले सिधै राहत वितरण गरेको थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख खानले जानकारी दिए । राहत वितरण कार्यक्रममा मुस्लिम यूवा नेता अब्दुल खान,मानव अधिकार निगरानी समूह खजुरा गाँउपालिकाका संयोजक असलम भाट लगायतको सहभागिता रहेको थियो ।

बर्दियामा गत २८ र २९ गते बबई तथा मान नदी र बिभिन्न खोलानालामा आएको बाढीले झण्डै १७ हजार कृषकका झण्डै ४१ करोड मुल्य बराबरको धान लगायतका कृषिबालीमा नष्ट हुन पुगेको छ ।