वडादशैको मान्यजनबाट टिका जमरा ग्रहण गर्ने क्रम आजपनी जारी

काठमाडौं,कार्तीक,५-

वडादशैंमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ ।कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।

कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास रहिआएको छ ।

यता, दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका छन् ।सरकारले यो वर्षदेखि द्वादशीको दिन पनि विदा कटौती गरेपछि फूलपातीको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु हिजोबाट खुलेका हुन् ।

अघिल्लो वर्षसम्म द्वादशीको दिन पनि विदा हुने गरेको थियो ।सरकारी कार्यालयहरु खुलेपछि दशैंको माहोलमा रमाएका सर्वसाधारणको दैनिकि पनि विस्तारै नियमित अवस्थामा फर्किएको छ ।