भाषा संस्कृतिको जर्गेनामा निर्देशक तथा मोडल चौंहान

सिर्जना बर्देवा/
ओखलढुंगा कार्तिक २९-
पछिल्लो समयका एक उत्कृष्ट मोडल तथा निर्देशक बिक्रम चौंहान आफ्नो भाषा संस्कृति जर्गेना गर्न लागी परेका छन् । नेपाली गित संगितको बजारमा केही बर्षदेखि सक्रिय मोडल तथा निर्देशक चौहान अहिले निक्कै चर्चाको शिखरमा रहेका छन् ।

कहिले लोक दोहोरी,कहिले आधुनिक त कहिले पप जस्ता गितमा उत्कृष्ट नृत्य र निर्देशन गरेका चौंहान पछिल्लो समय आफ्नै सुदुर पश्चिमेली देउडा लोक पप गित बाट भाषा संस्कृती जर्गेना तर्फ लागेका हुन् ।

भर्खरै मात्र सुदुर पश्चिमेली देउडा लोक पप बिधामा समाबेश रहेको “धौलिको ब्या” बोलको गीत सार्बजनिक भएको छ । यस गितमा चेतन बोहराको स्वर रहेको छ भने राजेन्द्र भाट र मिस्टर आरजेको शव्द संगित रहेको छ । गितको म्युजिक भिडियोमा चर्चित मोडल चक्र बम र अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ ।

स्वयम निर्देशक चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन् भने सम्पादन चर्चित सम्पादक मिलन बिकले गरेका छन् । बि स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई चर्चित म्युजिक कम्पनी तिर्सना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

यो भिडीयो पनी अवश्य हेर्नुहोस् ।