आजको राशिफल ।।आषाढ २२ गते बुधबार ।।

काठमाडौं,आषाढ,२२-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २२ गते बुधबार, (जुलाई ६ तारिख) आशाढ शुक्ल सप्तमी तिथि, रहेको छ।

आज असार २२ गते बुधबारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन आफ्नै क्षमतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । आजको दिन राम्रो आर्थीक लाभ मिल्ने देखिन्छ । 

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।स्वास्थ्य प्रतिकूल रहन सक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन त्यती राम्रो देखिदैन झै झगडाको योग रहेको छ भने आर्थीक हानी हुन सक्छ, विवाद पनि बढ्नेछ तर, दिउँसोबाट विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय संकेत देखिन्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन विद्या र बुद्धिको विकास हुनेछ।नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।समग्रहमा आजको दिन राम्रो देखिन्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ।मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन घरमा अतिथिको आगमन हुनेछ।नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा र नयाँ कार्यको थालनी पनि होला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ।मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन नसोचेको ठाउँबाट धन हात पर्नेछ।धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।परिश्रम गर्दा धनार्जन हुनेछ।नयाँ काम वा रोजगार पाइनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।पठनपाठनमा प्रगति हुनेछ।रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन आज मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ।आर्थिक क्षेत्रमा सङ्कट आउला।मुद्दा मामिला लाग्न पनि सक्छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।कार्य क्षेत्र या व्यावसायिक काममा सुधार आउनेछ।विद्या र बुद्धिको विकास हुने यो देखिन्छ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो – ज्यो.प. नारायणप्रसाद दुलाल