नेपालले आज क्यानडा संग दोस्रो एकदिवसीय खेल खेल्ने

पहिलो एकदिवसीय खेल वर्षाका कारण रोकियो

नेपाल र क्यानडाबीचको खेल रद्दकाठमाडौं,आषाढ,२२-नेपालले आज बुधबार क्यानडा संग दोस्रो एकदिवसीय खेल खेल्ने छ।नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रोकिएको थियो।

किङ सिटी स्टेडियममा तय भएको खेल वर्षाको कारण टस समेत नभई रद्द भएको थियो।नेपाली टोली दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको छ । 

विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।

यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।

क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् ।नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।