नेपालगन्ज ,फाल्गुन,२७-
फाल्गुन १९ गते देखि सन्चालनमा आएको प्रादेशिक महोत्सव २०७५ को ९ औँ दिन सोमबार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले दर्शकलाई अत्याधिक नचाएका छन।

साँझ पर्दै गर्दा चर्चित गीत त्यो मन रुन्न होला र गाउँदै स्टेज उक्लेका गायक अधिकारीलाई देख्ने बित्तिकै दर्शकले तालिले स्वागत गरेका थिए। घर फर्किन लागेका दर्शकलाई पनि आफुतिर केन्दित पारेका थिए।

करिव ४५ मिनेट जति सम्पुर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै उफ्री उफ्री नचाउन सफल भएका थिए। गायक अधिकारीले फेन्सी पसल, भँगेरी चरिले, दोहोरिमा र्याप,कोइली कराउने लगाएतका करिव १ दर्जन गीतहरु गाउँदा दर्शक अत्याधिक रमाउँदै अधिकारीलाई साथ दिएका थिए।

महोत्सवमा गायक अधिकारी सङ्गै चर्चित हाँस्यकलाकार मनोज गजुरेलले पनि दर्शकलाई पेट मिचिमिची हँसाएका थिए।

गजुरेलले सामाजिक सचेतना मिश्रित ब्याङ्गग्य प्रस्तुत गरेका थिए ।
बैदेशिक रोजगारीले उब्जिएका बिकृती, राजनीतिक परिवर्तन भएपनि सडकका खाल्डाखुल्डी पुर्नेसम्मको काम नभएको भन्दै उनले नेताहरुलाई झटारो हाने ।

महोत्सवमा आएका दर्शकले रमाइलो मात्र गरेनन् बिकृती बिरुद्ध गजुरेलले दिएको हाँस्यब्याङ्गग्य प्रस्तुतीमा सही पनि थापेका थिए। ।

आएका चर्चित गायक खुमन अधिकारीले घर फर्किन लागेका दर्शकलाई पनि मन्चमा नाँच्ने बनाए । उनका लोकपृय गीतमा दर्शकले नाँच्दै धुलो उडाए । सोमबार महोत्सवमा मनोज गजुरेल, रुपक डोटेल र खुमन अधिकारी जस्ता चर्चित कलाकारले आफ्नो प्रस्तुती दिएका थिए

आयोजकका अनुसार मेलाको १० औं दिन फाल्गुन २८ गते मंगलबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, चर्चित आधुनिक गायक शिव परियार, गायक सन्तोष दवाडी र जादुगर सुरज मायाविको प्रस्तुती रहनेछ।