
टोकियो,असोज,९-नेपालीहरूको महान् पर्व बडादसैँको शुभारम्भ अर्थात् घटस्थापना तथा क्षत्री दिवसको अवसरमा क्षत्री समाज नेपाल जापान शाखाले विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव, भाइचारा तथा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
समाजका अनुसार कार्यक्रम सन् २०२६ अक्टोबर ११ गते आइतबार साँझ ६ बजे जापानको रोयल गार्डेन, शिनओकुबो (Royal Garden, Shin-Okubo) मा आयोजना हुनेछ।
कार्यक्रममा समाजका अग्रज, पदाधिकारी, सदस्यलगायत जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
समाजले कार्यक्रममा सहभागी भई आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा नेपाली संस्कृति र परम्पराको संरक्षणमा हातेमालो गर्न सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।
घटस्थापना तथा क्षत्री दिवसको अवसरमा समाजले जापानवासी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेको छ।






