दाङ दिल्ली एसी वस संचालन हुदै

नरेश खड्का
दाङ,जेठ,३ –
राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिले दिल्ली सम्मको लागी एसी वस संचालन गर्ने भएको छ । समितिको दिल्ली पुगेको पदाधिकारिहरुको टिमले भारतिय समिति संग समन्वय गरेर हप्ताको सोमबार र शुक्रबार वस संचालन गर्ने भएको हो । घोराहि तुलसीपुर हुदै महेन्द्रनगर बाट दिल्लीका लागी एसि वस बिहान ७ बजे प्रस्थान गर्ने समतिले जनाएको छ । समितिले दाङ दिल्लीका लागी एसी वसको भाडा २४ सय ८० रुपैया तय गरेको समितिका अध्यक्ष शुरेस हमालले जानकारि दिनुभयो । यात्रुहरुको मागलाई सम्वोधन गर्नका लागी सुविधा सम्पन्न एसी वस संचालन गर्न लागेको हमालले बताउनु भयो । यसअघि समतिले भालुवाङ बाट तुलसीपुर हुदै नेपालगञ्ज रुटबाट दिल्ली सम्मका लागी रात्रि वस सेवा संचालन गर्दै आएको थियो । हप्ताको ६ क्यु वस संचालन गर्दै आएको समितिले अव भने दिवा सेवाका लागी वस संचालन गर्न लागेको हो । वस संचालन भए पछि यात्रुहरुलाई भने सहजता हुने अपेक्षा गरीएको छ । त्यसैगरि समितिले नेपालीहरुको धेरै वसाई रहेको स्थान भारतको चण्डिगड सम्म पनी जेठ दास्रो साताबाट वस सेवा संचालन गर्ने भएको समितिका उपाध्यक्ष पुष्कर धितालले जानकारि दिनुभयो ।