स्थानीय तहको संख्या थप्नेबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल हुने

काठमाडौं, जेठ,३-

स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्न आज सर्वदलिय बैठक बस्ने भएको छ । तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्ने सर्वदलिय बैठक आह्वान गरिएको कानुन मन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो ।

दिउँसो हुने छलफलमा नगरपालिकालाई उपनगरपालिका बनाउन सकिन्छ कि, वा गाउँपालिकालाई नगरपालिका बनाउन सकिन्छ भन्ने बारेमा छलफल हुने छ ।

तराईका जिल्लामा स्थानीय तह संख्या पुनरावलोकन गर्न गठित मन्त्रिस्तरीय समितिले राजनीतिक सहमती गरेर यसै साता सरकारलाई प्रतिवेदन बुझाउने म्याद पाएपछि आज छलफल गर्न लागेको हो ।समितिले आज सम्मको म्याद पाएको छ ।

आज स्थानीय तह थप गर्नुपर्ने जिल्लाका जनप्रतिनिधिसँग छलफल हुने छ । सरकार र तराई केन्द्रीत दलबीच भएको समझदारी अनुसार स्थानीय तहको संख्या बढाउने प्रक्रियालाई अघि बढाइएको हो।

स्थानीय तह पुनर्संरचना आयोगले विगतमा तोकेको भन्दा कम जनसंख्या भएको भएपनि थप गाउँपालिका र नगरपालिका बनाउने गरि प्रारम्भिक छलफल भएको समितिका सदस्य रक्षामन्त्री बालकृष्ण खाँडले जानकारी दिनुभयो ।साभार नेपालवाणीवाट