नेपाल पत्रकार महासंघको प्रदेश ४ मा पौडेल निर्विरोध चयन

पोखरा,बैशाख,९-

नेपाल पत्रकार महासंघको प्रदेश नं. ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । आज सोमबारसम्म दावी विरोध गर्ने समय भने रहेको छ । महासंघ प्रदेशमा २१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रावधान रहेको छ ।

यसैगरी : प्रदेश नं. ४ को महासंघको  समितिको बरिष्ठ उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव खुला ईन्द्र पौडेल, समावेशी सचिव रुद्र श्रीस मगर, कोषाध्यक्ष दिपक भट्टराई चयन भएका छन् ।

सदस्यहरुमा खुलातर्फ खेमबहादुर सारु मगर, गोविन्द प्रसाद सुवेदी, बसन्दराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजीप्रसाद लम्साल, सन्तोष गौतम र शुशिलबाबु श्रेष्ठ (कैलाश) रहेका छन् ।

यस्तै : महिला सदस्यमा अञ्जना तिमिल्सीना, कमला केसी र रविना ढकाल, दलित सदस्य राजेश सोनाम, आदिबासी जनजाति सदस्यमा शिला गुरुङ र संगम घर्तिमगर तथा अल्पसंख्यक सदस्य शेष मोहम्मद हनिफ रहेका छन् ।

मधेशी सदस्यको  २ कोटामा भने कुनैपनि उम्मेदवारी नपरेपछि खुला सदस्य थप गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिनुभयो ।

पत्रकार महासंघको प्रदेश कमिटिमा नेपाल प्रेस युनिय, प्रेस चौतारी नेपाल र प्रेस सेण्टरले निर्विरोध समिति गरेको हो । तर तीन पार्टीका संगठनले सिण्डिकेट चलाएको भन्दै प्रेस सोसाईटी, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, स्वतन्त्र पत्रकार संघ लगायतले विरोध गरेका थिए ।

स्वतन्त्र पत्रकार संघले एक सदस्यमा मात्रै उम्मेदवारी दिएको थियो । चुनाव नगर्ने सहमति अनुसार प्रेस सेण्टरले आफ्नो भागमा परेको एक सदस्य फिर्ता लिएर सर्वसम्मत अनुसार नै समिति चयन गरेको हो ।