रसुवा बाढीपीडितका लागि JRF मार्फत राहत कोषमा रकम पठाउँदा सेप्टेम्बर ३० सम्म सेवा शुल्क नलाग्ने

टोकियो,भदौ,२६-चीनको तिब्बती क्षेत्रमा रहेका जोखिमपूर्ण हिमतालमा आएको पहिरो र त्यसपछिको विस्फोटका कारण रसुवाको ल्हेन्देखोला तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते बुधबार बिहान आएको विध्वंशक बाढीले जनधनको ठूलो नोक्सानी गरेको थियो।

बाढीले रसुवाको टिमुरे बजार, नुवाकोटको स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीका बजार तहसनहस गरेको थियो।

उक्त बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियान अहिले देश तथा विदेशमा तीव्र रुपमा चलिरहेको छ।

यसै मानवीय अभियानमा ऐक्यबद्धता जनाउँदै जापान रेमिट फाईनान्स (JRF) ले जापानमा रहेका नेपाली तथा सहयोगी मनहरूका लागि विशेष सुविधा घोषणा गरेको छ।

JRF मार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा रकम पठाउँदा सेप्टेम्बर ३०, २०२६ सम्म कुनै पनि सेवा शुल्क नलाग्ने JRF ले जनाएको छ।

विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई सहयोग गर्न इच्छुक सबैलाई उक्त सुविधाको उपयोग गर्दै राहत अभियानमा सहभागी हुन JRF ले आग्रह गरेको छ।