सोमालियामा आतंककारीले गरे ९ चिकित्सकको हत्या

एजेन्सी,जेठ,१७-सोमालियामा ९ जना चिकित्सकको हत्या गरिएको छ । आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले ति चिकित्सकको हत्या गरेका हुन् ।

दक्षिणी सोमालियाका उनीहरुलाई अपहरणपछि हत्या गरिएको स्थानीय समाचारहरुले उल्लेख गरेका छन् । मारिएकाहरुमा स्थानीय अस्पतालमा का मगर्ने सबै युवा चिकित्सक रहेको जनाइएको छ ।

स्थानीय संचार माध्यमहरुका अनुसार हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको छ ।

सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि सोमालियाभित्र हिंसा भड्किएको छ । अल–शबाब आतंककारीका कारण हिंसात्मक घटना भइरहेका छन् ।

इस्लामिक शरिया कानुन लागू गर्नुपर्ने माग गर्दै कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसा मच्चाइरहेका छन् ।